संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार भएको एयर इन्डियाको विमान दुर्घटनामा २ सय भन्दा बढीको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ । महासचिवले पीडित परिवारहरू, भारतका जनता र सरकारका साथै यो त्रासदीबाट प्रभावित सबै देशका नागरिकहरूप्रति समवेदना व्यक्त गर्नुभयो । घाइतेहरूको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको गुटेरेसका उपप्रवक्ता फरहान हकले एक वक्तव्यमार्फत बताउनु भयो ।