स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताउनुभएको छ । बिहीवार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको बताउनु भयो । उहाँले ५०० बढी सांसद हुने सङ्घीयता नरहेको समेत जिकिर गर्नुभयो । उहाँले तीन तहको सरकार भएपनि तीन देशको सरकार भएको जस्तो देखिएको जिकिर गर्नुभयो ।