संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छः अध्यक्ष नेपाल

जेठ २९, २०८२ बिहीबार
संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्ने बताउनुभएको छ ।  सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सदनको अवरोध हटाउन कुनै न कुनै उपायन निकाल्नुपर्ने र अब बीचको उपाय खोजेर अघि बढ्नुपर्ने बतउनु भयो । अध्यक्ष नेपाल र अध्यक्ष दाहालबीच सिंहदरबारमा पछिल्ला समसामयिक राजनीतिक, अख्तियारको मुद्दा, संसदको अवरोधका विषयमा छलफल भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images