गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले बुधवार एक विज्ञप्तिमा यसबारे जानकारी दिएका हुन् । विगत २४ घण्टामा इजरायली सेनाले १ सय २० जनाको हत्या गरेको छ । ४ सय ७४ जना घाइते भएका छन् ।