अरब लिग प्रमुखद्वारा इजरायली मन्त्रीहरूमाथिको प्रतिवन्धको स्वागत

जेठ २९, २०८२ बिहीबार
अरब लिग प्रमुखद्वारा इजरायली मन्त्रीहरूमाथिको प्रतिवन्धको स्वागत

अरब लिग (एएल) का महासचिव अहमद अबुल–घेइटले बुधवार पाँच पश्चिमी देशहरूले दुई इजरायली मन्त्रीहरूमाथि लगाएको संयुक्त प्रतिवन्धलाई स्वागत गर्नुभएको छ । इजरायली सुरक्षामन्त्री इतामार बेन–ग्भिर र वित्त मन्त्री बेजालेल स्मोत्रिचमाथि वेस्ट बैंकमा प्यालेस्टिनीहरूमाथि बारम्बार हिंसा भड्काएको आरोपमा अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, नर्वे र बेलायतले यात्रा प्रतिवन्ध लगाएका छन् । मंगलवार यी पाँच देशका विदेश मन्त्रीहरूको संयुक्त वक्तव्यमा उक्त प्रतिवन्धको कुरा उल्लेख छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images