विपक्षी दलहरुलाई सभामुखको आग्रहः संसद प्राणहीन बनाउने काम नगर्नुस्

जेठ २८, २०८२ बुधबार
विपक्षी दलहरुलाई सभामुखको आग्रहः संसद प्राणहीन बनाउने काम नगर्नुस्

सभामुख देवराज घिमिरेले संसद प्राणहीन बनाउने कामहरु नगर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।  प्रतिनिधि सभाको बुधवारको बैठकमा विपक्षी राजनीतिक दलहरुले संसद अवरुद्ध बनाएसँगै सभामुख घिमिरेले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सदन दुई हप्तादेखि अवरुद्ध रहेको बताउनु भयो । उहाँले देशका समस्याहरु समाधान गर्ने सर्वोच्च निकाय संसद भएकाले छलफलको वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले सभा सञ्चालन नभएसम्म संसदले गर्ने काम अघि बढ्न नसक्ने बताउनु भयो । दुई साता यता भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी राजनीतिक दलहरुले संसद अवरोध गर्दै आएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images