विपक्षी दलद्वारा संसदमै नारबाजी

जेठ २८, २०८२ बुधबार
विपक्षी दलद्वारा संसदमै नारबाजी

प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले अवरोध कायमै राखेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको लगातारको अवरोधका कारण बुधवारको बैठक पनि प्रभावित बनेको छ । बैठक शुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सदनको कारबाही अगाडि बढ्न सकेको छैन । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नाराबाजीसहित विरोध गरिरहेका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images