सुदूरपश्चिम प्रदेशकी संगीता विक र वागमती प्रदेशका प्रवीण रानामगरले १५ औं राष्ट्रपति रनिङ केन्द्रिय खेलकुदको एथलेटिक्समा बुधवार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवारदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्डमा संगीताले छात्रा चार सय मिटर र प्रवीणले छात्र एक सय मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् । यी दुईले कीर्तिमानवापत १० हजार र स्वर्ण पदकको पाँच हजार गरी कुल १५ हजार रूपैयाँ नगद पुरस्कार पाए ।