प्यालेस्टिनी अधिकारीकाअनुसार उत्तरी वेस्ट बैंकको पुरानो शहर नाब्लसमा इजरायली सेनाले आक्रमण गर्दा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । नाब्लसका गभर्नर घासन दाघलासले बताएअनुसार इजरायली सेनाले शहरमा दुई युवाहरूलाई गोली हानेर हिरासतमा लिएको छ ।