पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा तत्काल वाम एकता हुने कुरामा विश्वास नरहेको बताउनुभएको छ । मङ्गलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा वाम एकता गरे पनि अहिलेसम्म टिक्न नसकेको बताउनु भयो । उहाँले पार्टी–पार्टीहरूको बीचमा विश्वासको ठूलो सङ्कट देखिएको जिकिर गर्नुभयो ।