क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत हुनुहुन्छ । उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो । पुरानो रोग दम बढेपछि उहाँ शिक्षण अस्पतालको आइसियुमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।