बुल्गेरियामा गुलाव महोत्सव आयोजना

जेठ २७, २०८२ मंगलबार
बुल्गेरियामा गुलाव महोत्सव आयोजना

बुल्गेरियाको काजानलकमा वार्षिक गुलाव महोत्सव आयोजना गरिएको छ । सोफियाबाट लगभग २ सय किलोमिटर पूर्वमा आयोजित यो महोत्सव शहरको बाहिरी भागमा गुलाव टिप्ने कामबाट शुरु भएको थियो । संगीतकार, अभिनेता, बालबालिका र खेलाडीहरू सहित लगभग १० हजार सहभागीहरूको साथमा यो महोत्सवको उद्घाटन गरिएको छ । गुलाव महोत्सव बुल्गेरियामा वार्षिक रूपमा जुन महिनाको पहिलो आईतवार आयोजना गरिन्छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images