लिबियाद्वारा ४ सय ८४ अवैध आप्रवासी पक्राउ

जेठ २७, २०८२ मंगलबार
लिबियाद्वारा ४ सय ८४ अवैध आप्रवासी पक्राउ

लिबियाको सुरक्षा एजेन्सीले ४ सय ८४ जना अवैध आप्रवासी पक्राउ गरेको छ । पक्राउ हुनेमा ४० भन्दा बढी देशका नागरिक रहेका छन् । जसमध्ये ७८ महिला र ४३ बालबालिका छन् । पहिले उत्तरपश्चिमी तटीय शहर सब्राथामा बसोवास गर्ने यी अवैध आप्रवासीहरूले युरोप पुग्ने अवसर खोजिरहेका थिए । लिबियाको सुरक्षा खतरा प्रतिरोध विभागले आप्रवासीहरूलाई आधारभुत जीवनयापनका सामग्रीहरू प्रदान गरेको छ । उनीहरू त्रिपोलीको अवैध आप्रवासी संगठनमा स्थानान्तरणको पर्खाइमा छन् । लिबियाको राजनीतिक अवस्था २०११ देखि निरन्तर अशान्तिमा छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images