नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले विकसित मुलुकहरुको आणविक गतिविधिका कारण गरिब तथा विकासशील मुलुकहरुले जलवायु परिवर्तनले पारेको असर भोग्नुपरिरहेको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद अर्यालले नेपालले जलवायु परिवर्तनका कारण अनियमित वर्षा, कृषि उत्पादनमा प्रतिकुलतालगायतका समस्या भोग्नुपरिरहेको बताउनुभएको हो । उहाँले वातावरणसँगै योजना बिहीन र असन्तुलित विकास, पूर्वसूचनाको अभाव, कमजोर आर्थिक र प्राविधिक क्षमताका कारण प्राकृतिक विपत्तीको सामना गर्नुपरिरहेको दाबी गर्नुभयो ।