नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराकोे बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनस्र्थापना गर्न सरकारसँग माग गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिनुभयो । उहाँले पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित छिटोभन्दा छिटो पुनःस्थापनाको माग गर्नुभयो । सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा यति ठूलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने र तत्काल क्षतिपूर्तिससिहत पुनःस्थापना गर्न माग गर्नुभयो ।