गैरआवासीय नेपालीहरूले वंशजको आधारमा प्राप्त गरेको नागरिकतालाई निरन्तरता दिन माग गरेका छन् । सोमवार सिंहदरबारमा “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली सङ्घ र ब्रिटिस गोरखा सैनिकसँग छलफल” गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरूले विदेशी नागरिकता लिएकाहरू पनि नेपालको नागरिकता लिन चाहे कुनै अप्ठ्यारो नमानी स्वागत गर्न सरकारलाई आग्रह गरेका छन् ।