माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा

जेठ २६, २०८२ सोमबार
माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ ।  सोमवार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि उहाँ मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिनुभएको हो । प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानविन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्नेकुरा सहमति नजिक पुगेपनि टुंगो नलागेको बताउँदै उहाँले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images