भूतपूर्व गोर्खा सैनिकहरुले गोर्खा सैनिक र उनीहरुका सन्ततिलाई वंशजको नागरिकता दिन माग गरेका छन् । सोमवार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले गोरखा सैनिकहरुको नेपाली नागरिकताको निरन्तरता र उनीहरुको सन्ततिलाई वंशजको आधारमा नागरिका दिनुपर्ने माग गरेका हुन् । देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था आउन नदिन उनीहरुको माग छ ।