प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले स्थानीय तह, प्रदेश सरकारलाई संविधानले धेरै अधिकार दिएपनि प्रयोग गर्न चुकिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा उहाँले मुलुकको आवश्यकता पूरा गर्न तीन तहका सरकार बनेको बताउँदै प्रदेश, स्थानीय तहले आफ्नो अधिकार बुझेर सक्षम हुनतर्फ लाग्नुपर्ने बताउनुभएको हो । उहाँले केन्द्रतर्फ मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भयो । समिति सभापति चालिसेले जताततै देखिएको निराशालाई सम्बोधन गर्न संविधानले दिएको अधिकारलाई उनीहरुले प्रयोग गरेर काम गर्नुपर्छ ।