संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई

जेठ २६, २०८२ सोमबार
संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई

रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ ।  सोमवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो बताउनुभएको हो । गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भयो । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय भएको पनि बताउनु भयो । उहाँले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images