गाजा सहायता केन्द्रस्थलमा इजरायली हमलामा ५ जनाको मृत्यु

जेठ २६, २०८२ सोमबार
गाजा सहायता केन्द्रस्थलमा इजरायली हमलामा ५ जनाको मृत्यु

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले स्वास्थ्य अधिकारी र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै गाजा पट्टीमा दुई सहायता वितरण केन्द्र नजिकै इजरायली आक्रमणबाट कम्तीमा पाँच प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । एक सय भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ । दक्षिणी शहर रफाहमा गाजा मानवीय फाउण्डेसनद्वारा सञ्चालित खाद्य वितरण केन्द्र नजिकै ठूलो भीड जम्मा हुँदा बिहान ६ बजे गोलीबारी भएको थियो । इजरायल र संयुक्त राज्य अमेरिका दुवैको सहयोगमा स्थापित उक्त स्थल शनिबार बिहान खोल्ने तालिका थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images