चीनद्वारा बोहाई समुन्द्रमा सबैभन्दा ठूलो तेल र ग्यास प्लेटफर्मको स्थापना

जेठ २६, २०८२ सोमबार
चीनद्वारा बोहाई समुन्द्रमा सबैभन्दा ठूलो तेल र ग्यास प्लेटफर्मको स्थापना

केनली १०–२ तेल क्षेत्रको पहिलो चरणको विकासका लागि केन्द्रिय प्रशोधन प्लेटफर्मले फ्लोट–ओभर स्थापना सफलतापूर्वक सम्पन्न गरेको छ । जसले बोहाई क्षेत्रमा अपतटीय तेल र ग्यास प्लेटफर्म स्थापनाको आकार र तौल दुवैमा कीर्तिमान तोडेको छ । तियानजिनस्थित अपतटीय तेल इन्जिनियरिङ कम्पनी लिमिटेडले आईतवार घोषणा गरेको छ । केन्द्रिय प्रशोधन प्लेटफर्म एक तीन–तले, आठ–खुट्टे बहुकार्यात्मक अपतटीय संरचना हो । जसमा उत्पादन र आवास सुविधाहरू एकीकृत छन् । २२.८ मिटर उचाई र २० हजार टनभन्दा बढी डिजाइन तौल भएको यो बोहाई समुन्द्रको सबैभन्दा भारी र ठूलो अपतटीय तेल र ग्यास प्लेटफर्म हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images