लोकतन्त्रका नाममा गुटबन्दीलाई प्राथमिकता नदिनुस्ः प्रधानमन्त्री ओली

जेठ २५, २०८२ आइतबार
लोकतन्त्रका नाममा गुटबन्दीलाई प्राथमिकता नदिनुस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीलाई प्राथमिकता नदिन अनेरास्ववियुलाई आग्रह गर्नुभएको छ । आईतवार अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धतिमा जान छुट भएपनि गुट बनाएर प्रतिष्पर्धा नगर्न आग्रह गर्नुभएको हो । उहाँले माधव नेपालतर्फ इंगित गर्दै एकीकृत समाजवादी गुटगत प्रवृत्तिको उपज भएको दाबी गर्नुभयो । एमालेमा तीन दशकसम्म नेतृत्व गरेकाहरुले नै एमालेलाई धुलोपिठो बनाउँछौं, टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छौं भन्दै हिँड्ने अवस्था गुटबन्दीकै परिणाम भएको उहाँको भनाइ थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images