प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताउनु भयो । अब १३ महिनापछि फेरि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिने दाबी गर्नुभयो । उहाँले एमालेको उद्देश्य मिसन ०८४ रहेको र यो अन्योल र अमूर्त कुरा नरहेको जिकिर गर्नुभयो ।