संयुक्त राज्य आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले लस एन्जलसमा विभिन्न स्थानमा छापा मारेका छन् । जसले डाउनटाउनमा व्यापक विरोध प्रदर्शन निम्त्याएको छ । दक्षिणी क्यालिफोर्निया र राष्ट्रभर आप्रवासन कारबाही जारी रहँदा कम्तीमा ४४ व्यक्तिलाई हिरासतमा लिएको छ । जसले दोस्रो ठूलो अमेरिकी शहरमा व्यापक विरोध, झडप र अराजकता उत्पन्न गरेको छ । शुक्रवार मध्यान्हमा फ्याशन डिस्ट्रिक्टको एक कपडा पसलमा धेरै कामदारहरूलाई हतकडी लगाएर हिरासतमा लिइएको बेला करिव एक सय प्रदर्शनकारीहरू आप्रवासन एजेन्टहरूसँग आमनेसामने भएका थिए । सर्भिस इम्प्लोइज इन्टरनेशनल युनियन क्यालिफोर्नियाले एक वक्तव्य जारी गर्दै युनियनका अध्यक्ष डेभिड ह्वेर्टा छापाको क्रममा घाइते र हिरासतमा लिइएको बताएको छ ।