सुनचाँदी व्यवसायीहरुले सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । । सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध ध्यानाकर्षण गराउने भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाई व्यवसायीहरु आन्दोलित भएका हुन् । आईतवार उनीहरुले न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म ¥यालीसहित आन्दोलन गरेका हुन् ।