नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकारी राखेको भए उत्तम हुने बताउनुभएको छ । जनकपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको बताउनु भयो । उहाँले जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको बताउनु भयो ।