राष्ट्रिय खाता तथ्याङ्ककाअनुसार २०२५ को पहिलो तीन महिनामा अस्ट्रेलियाको आर्थिक वृद्धिदर अपेक्षाभन्दा बढी सुस्त भएको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोद्वारा जारी गरिएको तथ्याङ्कले मार्चको अन्त्यसम्मको तीन महिनाको त्रैमासिकमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन ०.२ प्रतिशतले र मार्चसम्मको वर्षमा १.३ प्रतिशतले बढेको देखाएको छ ।