प्रतिनिधि सभाको बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरुको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग बैठकमा अवरोध सिर्जना गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराउनु भयो । ढिलो गरेर शुरु भएको सभाको बिहीवारको बैठकमा विपक्षी दलहरुले बैठकको कारबाही शुरु भएसँगै अवरोध गरेका हुन् । भिजिट भिसाको आवरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।