स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले उत्पादन र खपतको सन्तुलन हुनेगरी ‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता (पिपिए) गर्ने नीतिप्रति आपत्ति जनाउनुभएको छ । अगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक ‘टेक एण्ड पे’ पिपिएको प्रावधानविरुद्ध काठमाडौंमा आयोजित उर्जा उत्पादकहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले आपत्ति जनाउनुभएको हो । सरकारको ‘टेक एण्ड पे’ मोडलले निजी लगानीकर्ताको हाइड्रोपावरबाट पन्छ्याउन खोजेको गुनासो समेत गर्नुभयो ।