कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन किसानलाई आग्रह गर्नुभएको छ । नेपाल मौरी पालक महासंघको आायेजनामा बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छैटौँ राष्ट्रिय मह मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गुणस्तरीय मह उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । गुणस्तरीय मह उत्पादन गरेपछि बजारीकरणको समस्या नहुने बताउनु भयो । वित्तीय संस्थाहरुले लगानीका लागि वातावरण तयार गरिदिने हो भने मह उत्पादनका लागि समस्या नहुने उहाँको भनाइ छ ।