पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति पुगेका संरचनाहरुको पुर्ननिर्माणदेखि मनसुनजन्य विपद् न्युनिकरणका लागि आगामी वर्षका लागि सरकारले छुट्याएको बजेट अपर्याप्त हुने सरकारी अधिकारीहरुले बताएका छन् । आगामी वर्षको बजेटमा पूर्वतयारीदेखि पुनःनिर्माण, पुनःस्थापनाका लागि बजेटमा १८ अर्ब ५० करोड मात्रै राखेको छ । यो बजेट पर्याप्त नरहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।