नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षी दलहरुले अघि सारेका मागहरु कुनैपनि हालतमा पूरा हुन नसक्ने टिप्पणी गर्नुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गृहमन्त्रीले सार्वजनिक रुपमा उठोका प्रश्नहरुको संसदमा जवाफ दिने भन्दा पनि प्रतिपक्षीहरुले अवसर नदिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक नभएसम्म कुनैपनि छानबिन समिति नबन्ने जिकिर गर्नुभयो । संवैधानिक आयोगभन्दा ठूलो कुनैपनि छानबिन समिति हुन नसक्ने उहाँको भनाइ छ ।