उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियोः एकीकृत समाजवादी

जेठ २१, २०८२ बुधबार
उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियोः एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले बजेटमा घाटाको अनुपात बढेको तथा उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरिएको टिप्पणी गर्नुभएको छ ।  राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले विगत लामो समय देखि घाटाको बजेट प्रश्तुत हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले अर्थमन्त्रीले मुलुकको यथार्थमा टेकेर बजेट ल्याएको भनेपनि घाटाको अनुपात बढेको बताउनु भयो । मुलुकको अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुन नहुने भएपनि नेपाल ३० प्रतिशत घाटामा गइसकेको उहाँको जिकिर छ । कृषि, उद्योग, पर्यटन, उर्जा लगायतका क्षेत्रमा बजेट कटौति गरेकै कारण उत्पादन र रोजगारी सिर्जनामा वृद्धि गर्ने कुरा सम्भव नहुने उहाँको जिकिर छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images