माओवादी सांसदको प्रश्नः भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ?

जेठ २१, २०८२ बुधबार
माओवादी सांसदको प्रश्नः भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ?

राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।  बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री दोषी हुनुहुन्छ भन्ने आरोप प्रतिपक्षको नभएपनि छानबिन सहज बनाउन उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बाउनुभएको हो । उहाँले भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले अहिलेसम्म कारबाही नगरेकोप्रति पनि प्रश्न उठमाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images