प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय काममा बढी ध्यान केन्द्रित गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । सोमवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कर्मचारीहरुले सहयोग गर्छन् भनेर संसदीय गतिविधिलाई नछल्न आग्रह गर्नुभयो । उहाँले बजेटबारे सांसदहरुले राख्नुभएका धारणाहरु सुनेर सोहीअनुसारको जवाफ दिन आग्रह गर्नुभयो । उहाँले संसदीय छलफलमा सहभागी भइ संसदीय छलफललाई महत्व दिएर अघि बढ्न आग्रह गर्नुभयो ।