प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि मंगलवारको संसदको बैठकबाट छलफल प्रारुम्भ हुने भएकाले तयारीका साथ रहन निर्देशन दिनुभएको हो । उहाँले तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्न निर्देशन दिँदै विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । कुतर्कहरुको दरिलो गरी खण्डन गर्न आग्रह गर्नुभयो । पार्टीका सांसदहरुलाई तथ्य, तथ्यांकसहित खण्डन गर्न अध्यक्ष ओलीको निर्देशन छ ।