रूसमा रेल पटरीबाट खस्दा ७ जनाको मृत्यु

जेठ १९, २०८२ सोमबार
रूसमा रेल पटरीबाट खस्दा ७ जनाको मृत्यु

रूसको ब्रायन्स्क ओब्लास्टमा भएको पुल विस्फोटमा ३ सय ८८ जना सवार यात्रुवाहक रेल पटरीबाट खस्दा सात जनाको मृत्यु भएको ब्रायन्स्कका गभर्नर अलेक्ज्याण्डर बोगोमाजले बताउनुभएको छ । आईतवार समाचार च्यानल रोसिया २४ मा बोल्दै बोगोमाजले पुल रेल गुडिरहेको बेला विस्फोट भएको बताउनु भयो । मस्को रेल्वेले रिपोर्ट गरेको छ कि क्लिमोभबाट मस्को जाँदै गरेको यात्रुवाहक रेल नम्बर ८६ को लोकोमोटिभ र धेरै डिब्बाहरू सडक पुलको स्प्यान भत्किँदा भ्यागोनिच्स्की जिल्लामा पटरीबाट खसेका थिए । रूसी अनुसन्धान समितिले पुल भत्किनुलाई आतंकवादी आक्रमणको रूपमा वर्गीकृत गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images