नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न खेलाडीहरू विस्तारै अभ्यस्त हुन थालेको बताउनुभएको छ । एएफसी एशियन कप छनोट तेस्रो चरण २०२७ को तयारीमा रहेको नेपाली टोलीका कप्तान किरणले नयाँ प्रशिक्षक म्याट रसको प्रशिक्षण शैलीमा अभ्यस्त हुन समय लागे पनि अहिले सहज भएको बताउनुभएको हो । छनोटको दोस्रो खेलमा नेपालले आगामी जुन १० मा घरेलु टोली लाओसविरुद्ध तयारी गर्दैछ ।