इजिप्ट, ट्युनिसिया र अल्जेरियाका विदेशमन्त्रीद्वारा लिबियामा तत्काल शान्ति कायम गर्न आह्वान

जेठ १८, २०८२ आइतबार
इजिप्ट, ट्युनिसिया र अल्जेरियाका विदेशमन्त्रीद्वारा लिबियामा तत्काल शान्ति कायम गर्न आह्वान

इजिप्ट, ट्युनिसिया र अल्जेरियाका विदेशमन्त्रीहरूले लिबियाका सबै पक्षहरूलाई आत्मसंयम अपनाउन र लिबियाली जनताको सुरक्षा सुनिश्चित गर्दै तत्काल तनाव रोक्न आह्वान गरेका छन् । कायरोमा तीन देशका विदेशमन्त्रीहरूको बैठकपछिको अन्तिम प्रश्तावमा सबै लिबियाली पक्षहरूलाई लिबियाली जनताको हितलाई प्राथमिकता दिन आग्रह गरिएको छ । उनीहरूले संयुक्त राष्ट्र संघको निरीक्षण र छिमेकी देशहरूको समर्थनमा लिबियाली दलहरू बीच सहमतिको माग गरेका छन् । जसले विभाजनको अन्त्य गर्नेछ र संसदीय र राष्ट्रपति चुनावमा नेतृत्व गर्ने राजनीतिक प्रक्रिया सुनिश्चित गर्नेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images