अस्ट्रेलियाली स्वास्थ्य तथा कल्याण संस्थानको नयाँ रिपोर्टअनुसार विगत एक दशकमा अस्ट्रेलियामा अस्पताल भर्ना हुने दर तिब्र गतिमा बढेको छ । रिपोर्टले अस्ट्रेलियाको अस्पताल प्रणालीमा बढ्दो दबाबलाई प्रकाश पारेको छ । जुन सार्वजनिक र निजी क्षेत्रहरूमा आपतकालीन र योजनावद्ध हेरचाहको बढ्दो मागले गर्दा रहेको छ । २०२३–२४ आर्थिक वर्षमा लगभग १ करोड २६ लाख अस्ट्रेलियालीहरूलाई अस्पताल भर्ना गरिएको थियो । जुन २०१४–१५ मा १०.२ मिलियन थियो । जनसंख्या वृद्धि आंशिक रूपमा जिम्मेवार भएपनि अस्पताल भर्नाको दर पनि बढेको छ । प्रति १ हजार व्यक्तिमा ४ सय ५ बाट ४ सय २१ भर्ना भएको रिपोर्टमा भनिएको छ ।