ललितपुर महानगरपालिकाले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै २४ जनालाई विपद् उद्धार सम्बन्धी तालिम दिएको छ । सरदर भन्दा बढी वर्षा र गर्मी हुने विज्ञहरुको अनुमानसँगै सरकारले विपद् उद्धारका लागि तालि लगायतको आवश्यक प्रवन्ध शुरु गरिसकेको छ । ललितपुर महानगरपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले केही दिनअघि मात्रै विपद् उद्धार तालिम शुरु गरेको थियो । विपद् उद्धार सम्बन्धी तालिम समापन कार्यक्रममा बोल्दै ललितपुर मेयर महर्जनले २४ जनाले लिनुभएको विपद्सम्बन्धी तालिमले भविष्य राम्रो हुने बताउनु भयो । उहाँले विपद् सम्बन्धी प्रशिक्षणले आगामी दिनमा मनसुनजन्य विपद्का बेलामा आइपर्ने समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद्सम्बन्धी तालिम अब नरोकिने पनि स्पष्ट पार्नुभयो । उहाँले बजेट निर्माणको चरणमा आफूहरु रहेको र तालिमका कार्यक्रमहरु राख्न उचित समय रहेको बताउनु भयो ।