नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताउनुभएको छ । ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने बताउनु भयो । उहाँले संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने बताउनु भयो । उहाँले अहिलेको बहस नेपालमा की राजतन्त्र रहन्छ की गणतन्त्र रहन्छ भन्नेमा हुनुपर्ने बताउनु भयो ।