नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले आगामी आर्थिक वर्ष (२०८२—०८३) का लागि ल्याएको बजेट सन्तुलित, विकासोन्मुख र महत्वकांक्षी रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको विषम परिस्थितिमा निजी क्षेत्र आर्थिक शिथिलताबाट पीडित रहेको र अर्कोतर्फ सरकारका दायित्वहरु बढ्दो क्रममा रहेको बताउनु भयो । बजेट देशको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्राथमिकतामा राखेर आएको बताउनु भयो । व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवद्र्धन गर्ने दिशातर्फ बजेट केन्द्रित रहेको बताउनु भयो ।