२३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष कार्की

जेठ १७, २०८२ शनिबार
२३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष कार्की

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले पुँजीको अभावका कारण आइपिओको पर्खाइमा रहेका ५६ वटा आइपिओहरु आएन भने सरकारले लिएको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पुँजीको अभावले २३ महिनदेखि झन्डै ५६ वटा आयोजनाहरु आइपिओको पखाइमा रहेको बताउनु भयो । उहाँले समयमै आइपिओ नआए सरकारले लिइको विद्युत उत्पादनको लक्ष्य (२८ हजार ५ सय मेगावाट) पूरा हुन नसक्ने जिकिर गर्नुभयो । बजेटमा धेरै राम्रा कुराहरु आएपनि उर्जा क्षेत्र अघि बढ्न नसक्ने हो धी भन्ने शंका रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images