भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

जेठ १७, २०८२ शनिबार
भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

भारतको उत्तरी राज्य पञ्जावमा एक पटाका निर्माण कारखाना भित्र भएको विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । अन्य २५ भन्दा बढी घाइते भएका छन् । पञ्जाबको श्री मुक्तसर साहिब जिल्लाको एक गाउँ नजिकै कारखाना रहेको थियो । पीडितहरू सबै पटाका निर्माण र प्याकेजिङमा संलग्न मजदुरहरू थिए । विस्फोटमा दुई तले भवन भत्किएको छ ।  जसबाट कामदारहरू भग्नावशेषमुनि परेका थिए । प्रहरी अधिकारीकाअनुसार घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको र विस्फोटको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images