नेपाल अडिटर्स एशोशिएसन (अडान) का अध्यक्ष केदारनाथ पौडेलले अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीन रहेको गुनासो गर्नुभएको छ । नेपाल अडिटर्स एशोशिएसन (अडान)को सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले यस्तो गुनासो गर्नुभएको हो । धितोपत्र बोर्डको नियमावली र राष्ट्रिय परिचयपत्रको पेशा सूचिमा अडिटर पेसालाई समावेश नगरिएको उहाँको गुनासो छ ।