१८ औँ गणतन्त्र दिवसको अवसरमा मधेस प्रदेश सरकारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित तीन दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले कार्यक्रमको पहिलो दिन, जेठ १४ गते जनकपुरधामस्थित मधेस भवन परिसरमा सरसफाई तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । दोस्रो दिन, जेठ १५ गते, प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान तथा अभिनन्दन गरेको थियो ।