प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहर र मध्य गाजामा इजरायली हवाई आक्रमणमा बिहीवार ३३ जना प्यालेस्टिनीको मृत्यु भएको छ । स्थानीय चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएअनुसार बिहीवार दिउँसो इजरायली ड्रोन आक्रमणमा मध्य गाजा शहरको सबैभन्दा व्यस्त चौबाटोहरू मध्ये एक अल–सराय जंक्शनमा भेलालाई लक्षित गरिएको थियो । जसमा कम्तिमा १० प्यालेस्टिनीको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए । हमासले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणले चोरहरूको समूहको सामना गरिरहेका आफ्ना धेरै सदस्यहरूलाई लक्षित गरेको थियो । जसको परिणामस्वरूप धेरै प्रहरी अधिकारीहरू र यात्रुहरूको मृत्यु भएको थियो ।