अमेरिकी संघीय न्यायाधीशद्वारा ट्रम्प प्रशासनको नीतिमा अस्थायी प्रतिवन्ध

जेठ १६, २०८२ शुक्रबार
अमेरिकी संघीय न्यायाधीशद्वारा ट्रम्प प्रशासनको नीतिमा अस्थायी प्रतिवन्ध

एक अमेरिकी संघीय न्यायाधीशले बिहीवार ट्रम्प प्रशासनको नीतिमा अस्थायी प्रतिवन्ध लगाएका छन् । हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्नबाट रोक्ने उद्देश्यको नीतिमा अस्थायी प्रतिवन्ध लगाइएको हो । पक्षहरूले संयुक्त प्रश्तावित प्रारम्भिक निषेध आदेश वा व्यक्तिगत प्रश्तावित आदेशहरू न्यायाधीशलाई विचार गर्नको लागि प्रदान गर्दा अस्थायी प्रतिवन्ध आदेश स्थानमा रहनेछ । त्यसपछि अन्तिम प्रारम्भिक निषेध आदेश जारी गरिनेछ । न्यायाधीश एलिसन बुरोजले बिहीवार बिहान मुद्दामा सुनुवाइ गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images